ग्लोबल आइएमई बैंकको अफर : टिकटक बनाएर ६० हजार जित्ने मौका 

नेपालभ्युज

ग्लोबल आइएमई बैंकको अफर : टिकटक बनाएर ६० हजार जित्ने मौका 

काठमाडौँ । ग्लोबल आइएमई बैंकले दशैं विशेष टिकटक प्रतियोगितामा ६० हजार जित्ने सुनौलो अवसर ल्याएको छ । बैंकले युवा युवतीहरूमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न उद्देश्यसहित दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको हो ।

उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरू समावेश गरी तयार गरेको गीतमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनिक गरेको सर्तहरू पुरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ ।

प्रतियोगितामा सहभागी मध्ये धेरै लाईक आउने तीन जना सहभागी लाई क्रमशः प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दोस्रो पुरस्कार ३५ हजार रुपैयाँ र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।

यो प्रतियोगितामा सहभागी हुन कार्त्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्ने बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved