अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्न सांसदहरूको माग

नेपालभ्युज

अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्न सांसदहरूको माग
फाइल तस्वीर

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले अपांगता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्दै सांसदहरूले अपांगता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले अपांगता भएका व्यक्तिहरूले संविधान प्रदत्त अधिकार समेत नपाएको भन्दै उनीहरूले पाउनुपर्ने सबै अधिकारहरूको सुनिश्चित गर्न माग गरेका हुन् । बैठकमा बोल्दै सांसद शारदादेवी भट्टले अपांगता भएका व्यक्तिहरूलाई छुट्टै बजेट छुट्टाउनुपर्ने बताएकी छिन । उनले उनीहरूले पाएका सेवा, सुविधाहरूको कटौती गर्नु नहुने बताइन ।

‘अपांगता भएका व्यक्तिको जीवनयापनको लागि नीतिगत व्यवस्था गर्ने, अपांगता भएका व्यक्तिलाई छुट्टै बजेट छुट्याउने, राज्यले दिन हक, अधिकारबाट वञ्चित नगराउने, सेवा, सुविधामा कटौती नगर्ने, सरकारले दह्रो तरिकाले सहयोग गर्ने, अपांगता भएका व्यक्तिले सबै अधिकार प्राप्त गरेका छैनन्’, उनले भनिन्, ‘सरकारसँग माग गर्दछु, अपांग भएका व्यक्तिलाई सम्मानजनक तरिकाले हेरियोस् ।’

सोही विषयमा आफ्नो भनाई राख्दै सांसद सिंगबहादुर विश्वकर्माले अपांगता भएका व्यक्तिहरूको लालन पालन  पोषणको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताए । उनले उनीहरूलाई अधिकार सम्पन्न बनाउन राज्य दिनप्रतिदिन चुक्दै गइरहेकाले राज्यप्रति निराश भइरहेका बताए ।

‘अपांगता भएका व्यक्तिहरूले वर्षौँदेखि पिडादायी र कष्टकर जीवन जिइरहेका छन् । राज्यले उनीहरूको लालन पालन र पोषणको कुनै ग्यारेन्टी गर्न सकिरहेको छैन’, उनले भने, ‘अपांगता भएका नागरिकलाई अधिकार सम्पन्न बनाउने विषयमा राज्य दिनप्रतिदिन चुक्दै गइरहेको छ, जसले गर्दा अपांगता भएका नागरिकहरू राज्यप्रति निराश छन् । उनीहरूको हक, अधिकार सुनिश्चित गर्न अनुरोध छ ।’

आफ्नो भनाइलाई उद्धत गर्दै सांसद तुलप्रसाद विश्वकर्मा भन्छन्, ‘अपांगता भएका व्यक्तिहरूको हक, हितका लागि बनेका कानुनहरूलाई कार्यान्वयनका दिशामा सरकारले तदारुकता दिनको लागि र बदलिँदो परिस्थिति अनुसार अपांगता भएका व्यक्तिहरूको हक, हितको निम्ति बन्नुपर्ने थप कानुन र थप व्यवस्थाहरूको बारेमा सरकारले चासो राख्नका लागि यो संकल्प प्रस्ताव आएको छ’, उनले भने, ‘यो पक्षतिर सरकारको ध्यान जानेछ भन्ने विश्वास राख्दछु ।’

उनले अपांगता भएका व्यक्तिहरूको हक, हितका लागि बनेका कानुनहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved