युद्धभूमिमा सपना टुटेपछि मातृभूमि फर्किएकाहरू

यही परिस्थितिमा आफ्नो सुनौलो भविष्यको खोजीमा मिठो कल्पना र सपनाहरू लिएर इजरायल गएकाहरू धन्न ज्यान बचाएर स्वदेश फर्कँदै छन्। युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन्।

नेपालभ्युज

युद्धभूमिमा सपना टुटेपछि मातृभूमि फर्किएकाहरू

काठमाडौं। ‘विदेश जाने, कमाउने र ल्याउने’ भन्दै वैदेशिक रोजगारी शब्द सुन्दा जति सरल छ, त्यही कुरा गर्न सयौँ गुणा कठिन छ। यसको ताजा उदाहरण हो, अहिले इजरायलबाट स्वदेश फर्कँदै गरेकाहरू।

नेपाली समाजमा पछिल्लो समयको सोचाइ आफ्ना सन्तानलाई विदेशी भूमि टेकाउने ठूलो रहर बन्दै आएको छ। बुझेर या नबुझी विदेसिने युवाहरूको लर्को दिनहुँ बढ्दो छ।

यही परिस्थितिमा आफ्नो सुनौलो भविष्यको खोजीमा मिठो कल्पना र सपनाहरू लिएर इजरायल गएकाहरू धन्न ज्यान बचाएर स्वदेश फर्कँदै छन्। युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन्।

सिक्दै कमाउँदै सपनासहित गएका विद्यार्थीहरू एक महिना नपुग्दै फर्कनुपरेको छ।

असुरक्षित भएपछि उनीहरूको उद्धार भएको हो। रापिलो मरुभूमिको देशमा गएका १० जना नौजवानले अनाहकमा ज्यान गुमाए। एक जना बेपत्ता छन्।

नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरू स्वदेश फर्केका हुन्।

नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति काठमाडौंमा अवतरण हुनेछ। विमान चढेपछि इजरायलबाट विपिन सुवेदीले भने ‘‘हामी सपना बुनेर आएको, सपना टुटेर फर्कनुपरेको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved