कोशीमा राप्रपालाई सभामुख दिएर फकाउने रणनीतिमा गठबन्धन

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सभामुख दिएर राप्रपाको समर्थन लिने योजना बनाइएको हो ।

नेपालभ्युज

कोशीमा राप्रपालाई सभामुख दिएर फकाउने रणनीतिमा गठबन्धन

काठमाडौं । कोशीमा राप्रपाको साथ लिन सत्तागठबन्धनले सभामुख दिने रणनीति तय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सभामुख दिएर राप्रपाको समर्थन लिने योजना बनाइएको हो । यसबारे राप्रपाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

पछिल्लो समय राप्रपालाई फकाउन प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले व्यापक प्रयास गरिरहेका छन् ।

सत्ता गठबन्धनले माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको छ । तर, कांग्रेसकै शेखर कोइराला समूहका नौ सांसदले भने गठबन्धनको उक्त निर्णय नमान्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved