कसले गर्‍यो गाईलाई हँसिया प्रहार ? अझै भेटिएनन् दोषी

नेपालभ्युज

कसले गर्‍यो गाईलाई हँसिया प्रहार ? अझै भेटिएनन् दोषी

दाङ। गाईलाई हँसिया प्रहार गरेको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँमा तीन दिनअघि घाइते गाई फेला परेपछि निर्दयी व्यवहार गर्नेको खोजी भइरहेको हो। गाईको पेटमा हँसिया गाडेको र रगताम्मे अवस्थामा भेटिएको थियो।

प्रहरी चौकी गोझेनाका प्रमुख रमेश परियारको टोलीले अनुसन्धान गरिरहेको छ। पशु अधिकार संरक्षण जोड दिन पनि दोषीलाई कारबाही गर्नुपर्ने भन्दै अधिकारकर्मीहरूले आवाज उठाएका छन्। कसले र किन हँसिया खोप्यो भन्ने यकिन हुन सकेको छैन।

पेटमा हँसिया नै गडेको अवस्थामा गाई फेला परेपछि लमही नगरपालिकाका पशु स्वास्थ्य चिकित्सक गणेश चौधरीको टोलीले उपचार गरिरहेको छ। समाजसेवी दिकपाल योगी र स्थानीयको सहयोगमा उपचार गरी छाडिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved