इजरायलका विद्यार्थी लिन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे उड्ने

नेपालभ्युज

इजरायलका विद्यार्थी लिन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे उड्ने

काठमाडौं। इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज साँझ नेपाल वायु सेवा निगमको जहाज जाने भएको छ।

नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसँग यसबारे छलफल गरेका थिए।

नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएपछि जहाज इजरायल जाने भएको हो।

मध्यपूर्वी देश इजरायली भूमिमा र इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको भीषण युद्ध बुधबार पाचौँ दिन पनि जारी छ। रोजगारी र सीप सिक्न गएका कैयौं नेपाली समेत युद्धको चपेटामा छन्।

इजरायल र प्यालेस्टाइनबीच जारी तनावमा कुनै साइनो सम्बन्ध नराख्ने नेपाली नागरिकसमेत त्यसको घानमा परिरहेका छन्। यो युद्धमा इजरायलतर्फ हजारौं जना मारिएका छन्। त्यसमा १० जना नेपाली पनि छन्। एकजना नेपाली हराइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved