एमाले सुदूरपश्चिम : सहमतिको नाममा जबरजस्त नाम सुनाउन लागेको भन्दै आकांक्षी आक्रोशित

अधिवेशनमा मतदानबाट नेतृत्व चुन्न चुनावी प्रक्रिया पनि सुरु गरिएको छ । तर अन्तिममा मतदान नगरी सहमतिका नाममा जबरजस्त नाम सुनाउन लागिएको भन्दै आकांक्षीहरुले आक्रोश व्यक्त गर्न थालेका छन् ।

नेपालभ्युज

एमाले सुदूरपश्चिम : सहमतिको नाममा जबरजस्त नाम सुनाउन लागेको भन्दै आकांक्षी आक्रोशित

काठमाडौं । एमाले सुदूरपश्चिमको अधिवेशन जारी छ । अधिवेशनमा मतदानबाट नेतृत्व चुन्न चुनावी प्रक्रिया पनि सुरु गरिएको छ । तर अन्तिममा मतदान नगरी सहमतिका नाममा जबरजस्त नाम सुनाउन लागिएको भन्दै आकांक्षीहरुले आक्रोश व्यक्त गर्न थालेका छन् ।

आकांक्षीहरुले निर्वाचनबाटै नेतृत्व चुनिनुपर्ने भन्दै पार्टीको ध्यानाकर्षणसमेत गराएका छन् ।

अध्यक्षका उम्मेदवार भरत साउद, सचिवका उम्मेदवार रतनराज रेग्मी र उपसचिवका उम्मेदवार नरबहादुर विकले संयुक्तरुपमा वक्तव्य नै जारी गरेर मतदानबाटै नेतृत्व चयन गर्नुपर्ने माग गरेका हुन् ।

एमाले केन्द्रले अध्यक्षमा अछामका कृष्ण प्रसाद जैशी, उपाध्यक्षमा बाजुरा कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कैलालीका नेपालु चौधरी र कञ्चनपुरकी कलशा महरालाई जबरजस्त घोषणा गर्न लागेपछि उनीहरु आक्रोशित भएका हुन् ।

उनीहरुले उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भइसकेको अवस्थामा सहमतिको नाममा नामावलीमै नभएका व्यक्तिलाई समावेश गरिएको उल्लेख गर्दै आपत्ति जनाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved