इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु

नेपालभ्युज

इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु

एजेन्सी । प्यालेस्टाइनी अतिवादी समूह हमासका दुई जना पोलिटब्युरो सदस्यको दक्षिणी गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको छ ।

हमासको एक आधिकारिक स्रोतले मंगलबार सिन्ह्वालाई यसबारे जानकारी दिएको हो । त्यसअघि इजरायलले हमासका दुईजना नेतालाई मारेको बताएको थियो ।

जकारिया अबु मुअम्मर र जवाद अबु शमाला प्यालेस्टाइनको दक्षिणी क्षेत्र खान युनिसमा गरिएको हवाई आक्रमणमा मारिएका छन् ।

इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले विज्ञप्ति जारी गर्दै हमासका अर्थमन्त्री अबु शामालाको सोमबार राति आक्रमणबाट मृत्यु भएको बताएका थिए । शमालाले हमासको वित्तीय मामिला हेर्दै आएका थिए ।

इजरायली सेनाले अबु मुअम्मरलाई आन्तरिक सम्बन्धको कार्यालयको प्रमुख र ‘हमासको वरिष्ठ योजनाकार’ र गाजामा सशस्त्र समूह बीचमा समन्वयकको भूमिका खेल्ने उच्च अधिकारीका रूपमा उल्लेख गरेको छ ।

-सिन्हवा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved