हमासले गाजामा कतिलाई बन्धक बनाएको छ ? इजरायली राजदूतले दिए यस्तो जानकारी

नेपालभ्युज

हमासले गाजामा कतिलाई बन्धक बनाएको छ ? इजरायली राजदूतले दिए यस्तो जानकारी

काठमाडौं । प्यालेस्टिनी अतिवादी संगठन हमासले इजरायलमा आक्रमण गरेपछि दर्जनौंलाई बन्धक बनाएको छ । हमासले कतिजनालाई बन्धक बनाएर राखेको छ भन्ने अझै स्पष्ट हुन सकेको छैन ।

संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड एर्डनले इजरायलबाट अपहरण गरेर लगिएकाको संख्या १०० देखि १५० को बीचमा भएको बताएका छन् । ति मध्ये कति सेना र कति सर्वसाधारण छन् भन्ने अझै स्पष्ट नभएको उनले बताए ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले ५० बन्धकका परिवारलाई जानकारी गराएको बताए । बन्धक भएको पुष्टि गरेपछि थप परिवारलाई सम्पर्क गरिने उनको भनाइ छ ।

हमासका तर्फबाट पनि बन्धकको संख्या सार्वजनिक गरिएको छैन । बन्धक बनाएकालाई गाजाका सुरुङहरुमा राखिएको छ ।

इजरायलीका अलावा अमेरिकी, बेलायती र अन्य कतिपय देशका नागरिकलाई समेत हमासले बन्धक बनाएको छ । यसअघि हमासले गाजामा आक्रमण नरोके बन्धकलाई मार्ने चेतावनी दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved