इजरायलमा मारिएकाहरुको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

नेपालभ्युज

इजरायलमा मारिएकाहरुको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

काठमाडौं । गत शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ ।

लुम्बिनी विश्व शान्ति मञ्च र अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले सोमबार साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved