सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल

नेपालभ्युज

सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल भएको छ । सोमवार साँझ प्रधानमन्त्री तथा

मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा सबै दलहरुले सरकारले उनीहरुको उद्धारका लागि लिएको पहल सही भएपनि कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

सबै दलका नेताहरुले इजरायलमा रहेका नेपालीहरुको सुरक्षा र मृतकको शव यथाशिघ्र नेपाल ल्याइ परिवारलाई बुझाउन आग्रह गरेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताए । उनले सरकारले सन्तुलित ढंगबाट प्रश्तुत हुनुपर्ने र जिओपोलिटिकल सेन्सिटिभिटीलाई हेरेर पनि चल्नुपर्ने कुरा आफूहरुले राखेको बताए । उनले बंकरमा बसेकाहरुलाई तत्काल उद्धार गर्न पनि आग्रह गरेको बताए ।

बैठकपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले इजरायलमा भएको घटनाबारेमा छलफल भएको र राष्ट्र र समग्र पार्टी नै एक ठाउँमा उभिनुपर्नेमा जोड दिइएको बताए ।

त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले इजरायलमा भएको हमलामा पीडामा र डरमा रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्न आग्र गरिएको बताए ।

प्रमुख सचेतक लेखकले असुरक्षित ठाउँमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने र सुरक्षित स्थानमा राख्न सरकारले पहल गर्ने तथा मृत्यु भएकाको शव देशमा चाँडो झिकाउने बारेमा छलफल भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved