मंसिर १४ देखि १८ सम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

नेपालभ्युज

मंसिर १४ देखि १८ सम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ।

सोमवार टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघले नेपाल सरकारको सहयोगमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा  महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत वर्ष कोभिडको कारण निरन्तरता पाउन नसकेको मेला यो वर्ष आयोजना गर्न लागिएको बताए।

उनले नेपाल सरकारसँगको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा हुने मेलाको लागि ५० प्रतिशत भन्दा बढी स्टलहरु बुकिङ भइसकेको समेत बताए। उनले मेलामा करिव ३ सय स्टलहरु रहने बताए।

मेलामा ७० भन्दा बढी चीनबाट, ८० भन्दा बढी भारतबाट र बंलादेशबाट   ४० भन्दा बढी स्टल बुकिङ  भइसकेको  बताए । उनले लामो समयपछि अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेकाले अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved