सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला, शुल्क नलाग्ने  

नेपालभ्युज

सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला, शुल्क नलाग्ने  

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ निःशुल्क खुला गरेको छ । पार्किङ स्थल सुरुवाती क्रममा रहेकाले निःशुल्क पार्किङको व्यवस्था गरेको महानगरले जनाएको छ ।

महानगरका अनुसार डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमा ५० हजार वर्ग फिट बराबरको क्षेत्रफलमा पार्किङ खुला गरिएको छ । तीन तल्ला मध्ये पहिलो तल्लाको पार्किङ आइतबारदेखि खुलेको छ भने, बाँकी तल्लामा सरसफाइ गर्नुपर्ने भएकाले तत्काल खुलाइएको छैन ।

पार्किङ स्थल पुरै सञ्चालनमा आइसकेपछि ठेक्का मार्फत पार्किङ शुल्क उठाउने महानगरको तयारी रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved