एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले साविक विजेता म्यानचेस्टर सिटीलाई हराएको छ ।
घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले ग्याब्रिएल मार्टिनेलीको गोलमा सिटीलाई १–० गोलले हराएको हो । आर्सनल २० अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
समान २० अंक रहेको टोटेनहम समान गोल अन्तर भएपनि बढी गोलका कारण शीर्षस्थानमा छ । पराजित सिटी १८ अंक सहित तेस्रो स्थानमा झरेको छ ।
अर्को खेलमा लिभरपुल र ब्राईटनले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । घरेलु मैदान एमेक्स स्टेडियममा भएको खेलमा ब्राईटनको लागि सिमोन अडिनग्रा र बेन डंकले गोल गरे । लिभरपुलका लागि दुबै गोल मोहम्मद सालाहले गरे ।
बराबरी पछि लिभरपुल ७ खेलमा १७ अंक सहित चौथो स्थानमा रहँदा ब्राईटन १६ अंक सहित छैठौं स्थानमा छ । गएराति नै भएका खेलमा वेस्ट ह्याम र न्युक्यासल युनाइटेडले २–२ र वल्भ्स र एस्टन भिल्लाले १–१ को बराबरी खेलेका छन् ।
Facebook Comment
Comment