स्वर्णिम वाग्लेको ठम्याइ : सरकारले समयसीमाभित्र केही गरेन, राष्ट्र बैंकले थोरै राहत दियो

नेपालभ्युज

स्वर्णिम वाग्लेको ठम्याइ : सरकारले समयसीमाभित्र केही गरेन, राष्ट्र बैंकले थोरै राहत दियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमाभित्र काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमाभित्र रहेर सरकारले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीतिहरु ल्याएको भन्दै स्वागत गरे ।

‘सरकार आफैंले गर्नुपर्ने आर्थिक वृद्धिको काम भने केही पनि भएको छैन । कसिलो आयात र मौद्रिक नीतिले गर्दाखेरी शोधानान्तर स्थिति अलिक सुध्रिएको देखिएयता पनि सरकार आफैँले गर्छु भनेका काम चाहीँ कत्ति पनि नभएकोतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने ।

सांसद वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्यता उत्पन्न गराएपनि राष्ट्र बैंकले लिएका खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved