‘झलनाथ खनाल सर्पपालन’मा भ्रष्टाचार, पूर्वमन्त्री यादव र मेयर खड्काविरुद्ध अख्तियारको मुद्दा

१७ करोड ९८ लाख बिगो दाबी

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेसका पूर्वमन्त्री विजय कुमार र सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादुर खड्काविरुद्ध मुद्दा दर्ता गरेको छ ।

नेपालभ्युज

‘झलनाथ खनाल सर्पपालन’मा भ्रष्टाचार, पूर्वमन्त्री यादव र मेयर खड्काविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेसका पूर्वमन्त्री विजय कुमार र सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादुर खड्काविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अख्तियारले उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिकामा तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा एन्टी भेनम प्रडक्सन एन्ड रिसर्च सेन्टर स्थापना, व्यवस्थापन र सन्चालन गर्ने कार्यमा अनियमितता गरेको अख्तियारको आरोप छ ।

सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि उक्त रिसर्च सेन्टर खोलिएको थियो ।

उनीहरुसँग १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved