इन्जिनियरिङ संस्थानले तोक्यो नयाँ शुल्क, प्रवेश परीक्षा कात्तिक १५ गते

नेपालभ्युज

इन्जिनियरिङ संस्थानले तोक्यो नयाँ शुल्क, प्रवेश परीक्षा कात्तिक १५ गते

काठमाडौं। इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले सिभिल र आर्किटेक्चर इन्जिनियरिङ तर्फको नयाँ शुल्क तोकेको छ । संस्थानले नयाँ शुल्क तोकेपछि चारवर्षे स्नातकको पूर्ण शुल्क चार लाख ९० हजार रुपैयाँ कायम भएको आईओईका सहायक डिन डा. चिन्तामणि पोख्रेलले बताए ।

यसअघिको पूर्ण शुल्क तीन लाख १८ हजार रुपैयाँ थियो ।

शुल्कको टुंगो लागेसँगै यी दुई बीईको प्रवेश परीक्षा कात्तिक १५ गते हुने भएको छ । यसअघि, आईओईले बढाएर सात लाख ७७ हजार ४२० रुपैयाँ पुर्‍याउने निर्णय गरेसँगै शुल्क विवाद चर्किएको थियो ।

शुल्क विवादकै कारण आईओईले भदौ १९ र असोज २२ गतेदेखि सञ्चालन गर्ने भनिएको प्रवेश परीक्षा पटक-पटक स्थगित गर्नुपरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved