मधेशमा फेरि फुटाइयो मन्त्रालय, सातौं पटक मन्त्री परिषद पुनर्गठन

नेपालभ्युज

मधेशमा फेरि फुटाइयो मन्त्रालय, सातौं पटक मन्त्री परिषद पुनर्गठन
मधेश प्रदेशको प्रदेश प्रमुखको कार्यालय

काठमाडौं । मधेश प्रदेश सरकारले फेरि मन्त्रालय फुटाएको छ । प्रदेश सरकारले शिक्षा तथा सामाजिक कल्याण मन्त्रालय फुटाएर  सातौं पटक मन्त्री परिषद् पुनर्गठन गरेको हो ।

चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन सो मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय  बनाएको छ ।

सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र यसअघि शिक्षा तथा समाजक कल्याण मन्त्री रहेका जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले  शुक्रबार विज्ञप्ति जारी गरि कार्यविभाजन  सार्वजनिक गरेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved