रिगललाई माफी दिएकोप्रति मानव अधिकार आयोगको आपत्ति

नेपालभ्युज

रिगललाई माफी दिएकोप्रति मानव अधिकार आयोगको आपत्ति
काठमाडौं । गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोप्रति राष्ट्रिय मानव अधिकारी आयोगले आपत्ति जनाएको हो । आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर रिगलको कैद मिनाहा मुलुकी फौजदारी कार्यविधि संहिता र मानव अधिकारको मूल्य मान्यता विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् ।
सरकारले संविधान दिवसको दिन नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रिगललाई माफी मिनाहा दिएको थियो । जिल्ला अदालत, बाँकेले ११ वैशाख २०७५ मा गरेको फैसलामा मानन्धरलाई घेरा हाली भाग्न उम्कन नदिई रिगलले खुँडा प्रहार गरी हत्या गरेको उल्लेख छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved