तीन महिनाभित्र काठमाडौंका सडकमा सीसी क्यामेरा जडान गरिसक्ने उपप्रमुख डंगोलको प्रतिबद्धता

‘धुलोरहित काठमाडौं बनाउन टेण्डर भइसक्यो’

नेपालभ्युज

तीन महिनाभित्र काठमाडौंका सडकमा सीसी क्यामेरा जडान गरिसक्ने उपप्रमुख डंगोलको प्रतिबद्धता

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सीसी टिभी र सडक बत्ती जडान गरिसक्ने बताएकी छन् ।

शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनल् सीसी टिभीका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएर काम अघि बढिसकेको जानकारी पनि दिइन् ।

धुलोरहित सडक बनाउनका लागि महानगरपालिकाले एक अर्बको टेण्डर प्रक्रिया अघि बढाइसकेको पनि उनले बताइन् ।

उपप्रमुख डंगोलले सो टेण्डर योजनामा सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउनेसम्मको काम हुने जानकारी दिइन् ।

विद्युत् प्राधिकरणले सडक पेटीमा विद्युत बक्स राखिदिँदा पैदल यात्रीलाई असहज भएको भन्दै त्यसबारेमा सोच्न उनको आग्रह छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved