विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्याण्ड्स खेल्दै

नेपालभ्युज

विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्याण्डस खेल्दैछन् । यो खेल दिउँसो सवा २ बजे  हैदरावादमा सुरु हुनेछ ।

पाकिस्तान विश्व वरियताको दोस्रो स्थानमा रहेको छ भने नेदरल्याण्ड १४ औँ स्थानमा छ।

पाकिस्तानलाई विश्वकपको उपाधि दाबेदार पनि मानिएको छ । तर नेदरल्याण्डसले पनि बेला बेलामा ठूला देशलाई हराएर नाटकीय नतिजा निकाल्ने हुँदा पाकिस्तान सतर्क रहेको छ ।

बिहीबार भएको उद्घाटन खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले हराएर विजयी सुरुवात गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved