सरकारले नै चिनी तस्करी गरिरहेको एमालेको आरोप

नेपालभ्युज

सरकारले नै चिनी तस्करी गरिरहेको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले अहिलेको सरकारले चिनीसमेत तस्करी गरिरहेको आरोप लगाएका छन् ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार नै चिनी तस्करीमा संलग्न भएको आरोप लगाएका हुन् ।

सरकारको संलग्नतामा कयौँ मेट्रिक टन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको उनको भनाइ थियो । त्यस्तै उनले सरकार कमाउ धन्दामा लागेको पनि आरोप लगाए । अहिले सरकार नै साप्रदायिक दंगा भड्काउन लागिपरेको पनि दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved