यी पाँच सय विश्वविद्यालयमा पढेका विद्यार्थीले त्रिवीबाट सजिलै समकक्षता पाउने

नेपालभ्युज

यी पाँच सय विश्वविद्यालयमा पढेका विद्यार्थीले त्रिवीबाट सजिलै समकक्षता पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो समकक्षतासम्बन्धि कार्यविधिलाई संशोधन गरेको छ । त्रिविको कार्यकारी परिषद्को भदौ १३ को बैठकले कार्यविधि संशोधन गर्ने निणय गरेको हो ।

कार्यविधिको दफा नम्बर ४ लाई संशोधन गरिएको त्रिविले जनाएको छ । संशोधिन दफाअनुसार अब टाइम्स हायर एजुकेसन रेकिंगको विश्वविद्यालयको अन्तर्राष्ट्रिय स्तरमा १ देखि ५ सयसम्म रहेका विश्वविद्यालयको समकक्षता सहजै दिइने व्यवस्था गरिएको हो ।

जसमा विद्यावारिधीको उपाधि (पीएडी) प्राप्त गर्ने व्यक्तिले कागजात पेस गरेमा समकक्षता दिइने छ । स्नातक, स्नातकोत्तर र दर्शनाचार्य तहको उपाधि प्राप्त गरेको व्यक्तिको हकमा कागजात पेस गरेमा अध्ययन संस्थान, संकायले निर्धारण गरेको पाठ्यभार र क्रेडिट आवर पुगेको अवस्थामा विषय वा शिक्षक तोकी समकक्षता दिन सकिनेछ ।

तोकिए बमोजिम नभएको अवस्थामा भने तह वा सम्बन्धित विषय भनेर मान्यता दिन सकिने पनि संशोधित कार्यविधिमा उल्लेख गरिएको छ ।

संशोधित कार्यविधिकाअनुसार अब टाइम्स हायर एजुकेसन र्‍याङ्किङको १ देखि ५ सयसम्मको सूचीमा परेका अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले सहजै समकक्षता पाउनेछन् । विगतमा जस्तो विभिन्न कागजात जुटाउनुपर्ने झन्झट नहुने गरि कार्यविधिलाई संशोधन गरिएको छ ।

संशोधित कार्यविधिकाअनुसार टाइम्स हायर एजुकेसन र्‍‍यांकिङको १ देखि ५ सयसम्मको सूचीमा परेका अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले सहजै समकक्षता पाउनेछन् । पाँच सय वटा विश्वविद्यालयको सूची यहाँ पढ्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved