स्थानीय तहका कर्मचारी झरीमा रुझ्दै माइतीघरको सडकमा (तस्वीरहरू)

प्रस्तावित निजामती विधेयकप्रति कर्मचारीको असन्तुष्टि

निजामती विधेयकले आफूहरुलाई उपेक्षा गरेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । उनीहरु हातमा कालोपट्टी बाँधेर सडक आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय तहका कर्मचारी झरीमा रुझ्दै माइतीघरको सडकमा (तस्वीरहरू)

काठमाडौं । निजामती विधेयकले आफूहरुलाई उपेक्षा गरेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । उनीहरु हातमा कालोपट्टी बाँधेर सडक आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले आन्दोलन सुरु गरेकै दिन अर्थात् सोमबार काठमाडौंमा झरी परेको छ । झरीका बाबजुत उनीहरु छाता ओडेरै भए पनि आन्दोलनमा छन् ।

उनीहरूले संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाबाटै रहने व्यवस्था गर्नुपर्ने, निजामतीको परिभाषामा आफूहरूलाई समेट्नुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्ति विकास गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीलाई उचित व्यवस्थापन गर्नुपर्ने, ट्रेड युनियनको अधिकार दिनुपर्नेलगायतका माग राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved