एसियाली खेलकुद : क्रिकेटको क्वार्टरफाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत

नेपालभ्युज

एसियाली खेलकुद : क्रिकेटको क्वार्टरफाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत

काठमाडौं। १९औँ एसियाली खेलकुद अन्तरगत क्रिकेटको पहिलो क्वार्टरफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ।

चीनको हान्जाउमा सोमबार भएको लक्की ड्रमार्फत नेपालले प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो। नेपाल र भारत मंगलबार बिहान पौने ७ बजे आमने-सामने हुनेछन्।

अन्तर्राष्ट्रिय टी–२० मा पहिलोपटक नेपाल र भारत आमने-सामने हुँदैछन्। विश्वकपको कारण भारतले आफ्नो दोस्रो रोजाइको टोली पठाएको छ। श्रीलंकामा भएको एकदिवसीय एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो। यद्यपि,  नेपालले ब्याटिङमा सबैको ध्यानाकर्षण गरेको थियो।

भारतलाई पराजित गर्न सके नेपालले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। नेपालले माल्दिभ्स र मंगोलियालाई हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved