एसियाली खेलकुद : चारै खेलाडी छनोट चरण पार गर्न सफल

नेपालभ्युज

एसियाली खेलकुद : चारै खेलाडी छनोट चरण पार गर्न सफल

काठमाडौं। १९औं एसियाली खेलकुदमा आर्चरीको पहिलो दिन आइतबार नेपालका चार खेलाडीले छनोट चरण पार गर्न सफल भएका छन्।

चारै खेलाडी पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन तथा महिलामा इमायुङ राई र मञ्जु बजगाईं छनोट चरण पार गर्न सफल भएका हुन् । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मञ्जुले ५ सय ६ अंक जोडिन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।

फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीको ७ सय पूर्णाङ्कमा पुरुषतर्फ ५२ वर्षीया योगेन्द्रले ६ सय २२ तथा महिलामा इमायुङले ६ सय ४७ को प्रदर्शन गरे । योगेन्द्र नेपालबाट सहभागी भएका सबैभन्दा पाका खेलाडी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved