केएमसीमा डाक्टरमाथि हातपात गर्ने दुईजना पक्राउ

नेपालभ्युज

केएमसीमा डाक्टरमाथि हातपात गर्ने दुईजना पक्राउ

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा डाक्टरमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

किड्नीसम्बन्धी बिरामी भएर उपचारका लागि ल्याइएका भोजराज गौतमको उपचारका बारेमा विवाद भएपछि डाक्टरमाथि हातपात गरेका उनका छोरा र भतिजलाई प्रहरीले पक्राउ गरेको हो ।

भोजराजका छोरा रुपक गौतम र भतिज सरोज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले उपचारमा संलग्न डा. मनिश खड्कामाथि हातपात गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved