एसियाली खेलकुदमा दीपकको राष्ट्रिय कीर्तिमान

नेपालभ्युज

एसियाली खेलकुदमा दीपकको राष्ट्रिय कीर्तिमान

चीन। चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) मा नेपाली खेलाडीले खराव प्रदर्शन गर्दा आठौं दिन एथ्लेटिक्समा दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

जारी एसियाडमा नेपालको लागि यो पहिलो सफलता हो । हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार साँझ भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाए ।

उहाँले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएकोमा भएको १७औं एसियाडमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान तोडेका हुन् । गोपीले ३० मिनेट ३०.९९ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

दीपकले नौ वर्षपछि उक्त कीर्तिमान तोडेका हुन् । यसअघि दीपकले गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा १० हजार मिटरमा ३० मिनेट १०.३ सेकेन्ड ह्याण्ड कीर्तिमान बनाएका थिए । तर नवौंमा इलेक्ट्रिक टाइमिङ नभएकाले उक्त कीर्तिमानलाई आधिकारिक मान्यता दिइएको थिएन ।

१९औं एसियाडमा एक्लो नयाँ राष्ट्रिय कीर्तिमान बनाउने दीपक पहिलो नेपाली खेलाडी हुन् । जारी एसियाडको यस स्पर्धामा १६ जना खेलाडी सहभागी थिए । जसमा दीपक सातौं भए ।

जारी एसियाडमा सबै खेलले निराश प्रदर्शन गर्दा दीपकको कीर्तिमानले केही राहत दिएको एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले बताए ।

विभागीय टोली त्रिभुवन आर्मीका खेलाडी दीपकले नेपालका भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) बाट एथ्लेटिक्समा भाग लिन थालेका हुन् ।

सागमा उनले कांस्य जितेका थिए । उनले यसअघि एसियन क्रमकन्ट्रीमा पुरुष १० किमी र टिम स्पर्धामा नेपाललाई स्वर्ण जिताईसकेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved