‘माथि माथि शैलुङेमा चौरी डुलाउनेलाई …’ (तस्वीरहरू)

‘माथि माथि शैलुङेमा चौरी डुलाउनेलाई …’ (तस्वीरहरू)

दोलखा। गायिका कुन्ती मोक्तानको “माथि माथि शैलुङेमा” बोलको चर्चित गीत सुन्नेबित्तिकै जोकोहीलाई पनि दोलखा र रामेछाप जिल्लाको सीमाक्षेत्रमा पर्ने प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र शैलुङको याद आउँछ।

समुन्द्री सतहबाट ३३५०मिटरको उचाइमा रहेको शैलुङमा कुन्ती मोक्तानले गाएजस्तै चौरी डुलाउनेको लर्को देख्न सकिन्छ। बिहान दूध दुहेसँगै गोठबाट चौरीहरू शैलुङमा चर्न आएका दृश्यले जोकोहीको मन बहलाउँछ।

स-साना घाँस चपाइरहेका चौरीहरू शैलुङभरि देख्न सकिन्छ। बिहान दूध दुहेपछि चर्न आएका चौरीहरू साँझ दूध दुहुने बेला नभएसम्म यही शैलुङमा घाम ताप्दै चरिरहेका प्रशस्तै भेटिन्छन्।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved