अर्थ समितिको कार्यविधि २०८० स्वीकृत

नेपालभ्युज

अर्थ समितिको कार्यविधि २०८० स्वीकृत

काठमाडौँ । अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । शुक्रबार बसेको समितिको  बैठकले मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

उनले भने, ‘माननीय सदस्यहरूले राख्नुभएको राय, सल्लाह र सुझावलाई समेटेर कार्यविधि तयार गर्न सचिवालयलाई निर्देशन दिन्छु । आजको यो हाम्रो कार्यविधि सचिवालयले फाइनल गर्ने गरी पास भयो ।’

उनले आफूहरूले दिएको ८० प्रतिशत निर्देशन लागु नभएको भन्दै भत्ताको लागि मात्र बैठक बसेको जस्तो नकारात्मक सन्देश गएको बताए । अनुगमन समिति बनाएर फास्ट ट्र्याक बाट समितिको दायित्व पूरा गर्न लागि पर्ने उनको भनाई छ  ।

‘दिएको ८० प्रतिशत निर्देशन लागु नहुने भयो भने बैठक बसेको के अर्थ निर्देशन आइरहन्छ गइरहन्छ भन्ने भयो मन्त्रालयलाई पनि यसरी भत्ता खान मात्र बैठक बस्न सकिँदैन । आजै भन्छु १६ गते ११ बजे बस्छौ अर्को ।  एजेन्डा सहित त्यसमा अनुगमन समिति बनाएर फास्ट ट्र्याक बाट समितिको दायित्व पूरा गर्न लाग्ने छौँ ।’ उनले भने ।

बैठकमा सभापति चालिसेले कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्त्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी तोकिएको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved