यी हुन् कोशी प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय

नेपालभ्युज

यी हुन् कोशी प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सासबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्वस्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकमा उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन, २०८० सार्वजनिकीकरण गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाका लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै प्रदेश सामयिक कर असुलसम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने, सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई तोक्ने र २०८० असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झाँगर समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved