दागबत्ती दिन लागेको महिलाको शव प्रहरीको नियन्त्रणमा, श्रीमानसहित तीनजना पक्राउ

नेपालभ्युज

दागबत्ती दिन लागेको महिलाको शव प्रहरीको नियन्त्रणमा, श्रीमानसहित तीनजना पक्राउ
सांकेतिक तस्वीर।

सर्लाही । आत्महत्या गरेको भनी जलाउन ठिक्क पारिएको एक युवतीको शवलाई प्रहरीले बरामद गरेको छ । प्रहरीले सर्लाहीको रामनगर गाउँपालिका– १ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव चिताबाटै बरामद गरेको हो ।

प्रहरीले दागबती दिन लागिएको शवसहित मनिषाका श्रीमान सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई पनि नियन्त्रणमा लिएको छ ।

मनिषा विगतदेखि नै छारे रोगबाट प्रभावित थिइन् ।

परिवारले मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । मनिषाको मृत्यु शंकास्पद लागेकाले शव बरामद गरिएको प्रहरीले जनाएको छ ।

मनिषाको माइती पक्षले मनिषाको हत्या भएको शंका गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved