औरहीमा नीलगाई मृत भेटियो

नेपालभ्युज

औरहीमा नीलगाई मृत भेटियो

सिरहा । सिरहाको औरही–३ मा दुर्लभ मानिएको नीलगाई मृतावस्थामा भेटिएको छ । जिल्ला वन कार्यालय सिरहास्थित लहानका प्रमुख सुजितकुमार झाका अनुसार मङ्गलबार बिहान धानखेतमा वयस्क नीलगाई मृतावस्थामा भेटिएको हो ।

मृत नीलगाईको अवस्था हेर्दा रोगको कारण थलिएर मरेको प्रारभिक अनुसन्धानमा देखिएको प्रमुख झाले बताए । “स्थानीयवासीको भनाइअनुसार तीन÷चार दिनदेखि गाई झोक्रिएर हिँडेको थियो भन्ने सुन्नमा आयो”, प्रमुख झाले भने, “समयमै कसैले वन कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा खबर गरेको भए उपचार गरेर बचाउने प्रयास गरिने थियो ।”

धानबारीमा मृत नीलगाई भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय सिरहाले वन कार्यालयलाई खबर गरेको थियो । प्रमुख झाका अनुसार के कति कारणले नीलगाई मृत फेला परेको हो भन्ने विषयमा थप अनुसन्धानमा जारी रहेको छ ।

नीलगाईलाई नेपालमा संरक्षित वन्यजन्तुको रूपमा लिइन्छ । संरक्षित वन्यजन्तु चोरी सिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही हुनेछ । कसुर प्रमाणित भए छ महिनादेखि १५ वर्षसम्म कैद र रु १० हजारदेखि १० लाखसम्म जरिवाना हुने वन्यजन्तु संरक्षण ऐन, २०२९ मा व्यवस्था गरिएको छ । रासस


Comment

One thought on “औरहीमा नीलगाई मृत भेटियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved