संसदमा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्छः गगन थापा

नेपालभ्युज

संसदमा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्छः गगन थापा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले सो विधेयकलाई सच्याउन कांग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरुसँग सामुहिक छलफल गर्ने समेत बताए । उनले कांग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी भएका नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।

पार्टी निकट नेपाल मुस्लिम संघले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले निर्वाचन कानून सम्बन्धि विधेयक पनि केही दिन भित्रै संसदमा पेश हुने उल्लेख गर्दै त्यसलाई कांग्रेसले आवश्यक्ताको आधारमा संशोधन गरेर पारित गर्न नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस संसदको ठूलो पार्टी हो । त्यो भएको हिसावमा नेपाली कांग्रेस यो संसदमा केही काम गरिदियोस् भन्ने तपाईका मागहरु छन, जुन जायज छन । शिक्षा विधेयक भर्खर संसदमा दर्ता भएको छ । कांग्रेसका सांसदहरु, केन्दिय सदस्यहरु बसेर यो विधेयकलाई हामी कसरी परिस्कृत र समृद्ध बनाउन सक्छौ भनेर छलफल गर्छाैं ।’

महामन्त्री थापाले मुलुकमा नियोजित रुपमा सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा पार्टीको सिंगो पंक्ति लाग्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved