सुन तस्करी छानबिन आयोग गठनबारे सर्वदलीय बैठकमा कुरा मिलेन

नेपालभ्युज

सुन तस्करी छानबिन आयोग गठनबारे सर्वदलीय बैठकमा कुरा मिलेन

काठमाडौं । सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेबारे बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ । सरकारले आयोग गठनसम्बन्धी तयार गरेको मस्यौदामा एमालेले असहमति जनाएपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

सरकार पक्षले अमूर्त कुरा गरेर तस्करी प्रकरण झिसमिस्याउन खोजेको बैठकमा सहभागी एमाले सचेतक महेश बर्तौलाको भनाइ छ ।

उनले सरकारले सुन प्रकरणको छानबिन निष्कर्षमा पुर्‍याउनुको सट्टा टालटुले कुरामा केन्द्रित भएको आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved