रवि लामिछानेको आरोप- सुन तस्करीको अनुसन्धानमा सरकारले भद्दा मजाक गर्‍यो

नेपालभ्युज

रवि लामिछानेको आरोप- सुन तस्करीको अनुसन्धानमा सरकारले भद्दा मजाक गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतामाथि आवश्यक अनुसन्धान नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करीको अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको पनि बताए ।

सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा गरेको भएपनि सलाइको काँटीजति पनि नपड्किएको उनको भनाइ छ । शंकाको घेरामा रहेका व्यक्तिहरु मोबाइल फर्म्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भन्दै आशंका व्यक्त गरे ।

सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले सुनपानी छर्किने काम गरेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved