एसीसी यू–१९ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्धन्दी इरान

नेपालभ्युज

एसीसी यू–१९ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्धन्दी इरान

काठमाडौं। एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपालले इरानलाई आफ्नो पहिलो प्रतिद्धन्दीको रुपमा पाएको छ। प्रतियोगिताको शीर्ष ३ टोलीले यू–१९ एसिया कपमा स्थान पक्का गर्नेछन्। प्रतियोगितामा १६ टोलीको सहभागीत रहेको छ। नेपाल बहराइन, इरान र साउदी अरेबियासँगै समूह एमा रहेको छ।

असोज २५ गते नेपाल र इरान आमने सामने हुनेछन्। नेपाल र बहराइन असोज २८ मा प्रतिस्पर्धा गर्नेछन्। नेपाल र साउदी अरेबियाबीचको खेल भने कात्तिक २ गते हुनेछ। कुल ४ समूहका शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल भने कात्तिक ७ (अक्टोबर २४) मा खेलाइनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved