च्याम्पियन्स लिग सुरु, कसले हारे कसले विजयी सुरुवात गरे ?

नेपालभ्युज

च्याम्पियन्स लिग सुरु, कसले हारे कसले विजयी सुरुवात गरे ?

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन सुरु भएको छ । गएरातिदेखि सुरु भएको खेलमा ८ वटा खेल भएका छन् ।

साविक विजेता म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा सिटीले रेड स्टार बेलग्रेड (कारभेना) लाई ३–१ गोलले हरायो । घरेलु मैदान इत्तिहादमा सिटीका अल्भारेजले दुई तथा रोद्रीले एक गोल गरे ।

यो समूहको अर्को खेलमा लाइप्जिकले योङ ब्याइजलाई ३–१ गोलले नै हराएको छ ।

समूह एफको खेलमा एसी मिलानले न्युक्यासलसँग बराबरी खेलेको छ । राति घरेलु मैदानमा मिलानले न्युक्यासलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । समूह ई मा एट्लेटिको मड्रिडले लाजियोसँग एक/एक गोलको बराबरी खेलेको छ । यस्तै अर्को खेलमा ९ खेलाडीमा समेटिएको सेल्टिकलाई फेइनोर्डले २-० गोलले हरायो ।

यस्तै, बार्सिलोनाले एन्टवेर्पलाई पाँच गोलको फराकिलो अन्तरले हराएको छ ।

यस्तै अर्को खेलमा पोर्टोले शख्तर डोनेस्कलाई ३–१ गोलले हरायो । पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले बोरुसिया डर्टमन्डलाई हराएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved