साफ यू–१९ मा सहभागी हुने भुटानी टोली नेपालमा

नेपालभ्युज

साफ यू–१९ मा सहभागी हुने भुटानी टोली नेपालमा

काठमाडौं। साफ यू–१९ फुटबलमा सहभागी हुने भुटानी टोली नेपाल आइपुगेको छ।

बिहीबारदेखि काठमाडौंमा सुरु हुने साफमा सहभागी हुने भुटानी टोली नेपाल आइपुगेको हो। भुटानी टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश साहले स्वागत गरे।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने सबै खेलमा ६ टोलीको सहभागिता रहेको छ। नेपाल पाकिस्तान र माल्दिभ्ससँगै समूह ’ए’ मा छ भने भारत, श्रीलंका, र बङ्गलादेश समूह ‘बी’ मा छन्।

बिहीबार हुने पहिलो खेलमा नेपाल र पाकिस्तान आमने-सामने हुनेछन्। दोस्रो खेलमा भने नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म आयोजना हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved