रवि शास्त्रीले सोधे- कुन बिरयानी खायौ ? मोहम्मद सिराजले यस्तो जवाफ दिए

नेपालभ्युज

रवि शास्त्रीले सोधे- कुन बिरयानी खायौ ? मोहम्मद सिराजले यस्तो जवाफ दिए

एजेन्सी। भारतले ऐतिहासिक प्रदर्शन गर्दै एसिया कपको उपाधि जितेको छ । श्रीलंकालाई जम्मा ५० रनमै अलआउट गरेको भारतले १० विकेटले उपाधि जित्यो ।

भारतको जितमा ६ विकेट लिएका मोहम्मद सिराज नायक बनेका थिए। खेलपछि सिराज ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

यसै क्रममा कमेन्टेटर रवि शास्त्रीले मोहम्मद सिराजलाई सोधे- “मियाँ, कुन बिरयानी खानु भयो?”

जवाफमा सिराजले भने, ‘सर, बिरयानी खाएको छैन तर लामो समयसम्म राम्रो बलिङ गरिरहेको थिएँ । पछिल्ला दुईवटा खेलमा मेरो मात्रै धड्कन चलिरहेको थियो । आज अन्तत: नतिजा आयो। मैले ब्याट्सम्यानलाई सकेसम्म खेल्न दिने प्रयास गरें।’

मोहम्मद सिराजले आफ्नो बलिङलाई उत्कृष्ट स्पेल भनेका छन् ।

सिराजले प्लेअर अफ द म्याचको पुरस्कारमा पाएको रकम श्रीलंकाका ग्राउन्ड स्टाफलाई दिएका छन्, जसको निकै प्रशंसा भइरहेको छ ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved