ओलीको आरोप : पशुपतिमा पित्तल लगाएको हल्ला चलाएर सरकारले नै सुन तस्करी गर्‍यो

नेपालभ्युज

ओलीको आरोप : पशुपतिमा पित्तल लगाएको हल्ला चलाएर सरकारले नै सुन तस्करी गर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार नै सुन तस्करीमा संलग्न भएको आरोप लगाएका छन् । पशुपतिमा पित्तलको जलहरी लगाएको भन्ने हल्ला चलाएर सरकारले एयरपोर्टबाट सुन तस्करी गरेको ओलीको आरोप थियो ।

बढ्दो महंगी र उपभोक्ता हित विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुन तस्करीलाई सत्तापक्षले पोलिटिकल एजेण्डा बनाएको समेत बताए ।

‘सेटिङ मिलाउन २९४ पटक सम्पर्क भएको देखियो । भन्सारमा कुदेर गएको पाइयो । यो छाड्देउ भनेको पाइयो’, उनले भने, ‘तर पनि केही भएन । उहाँहरुको पोलिटिकल एजेण्डा छ ।’

उनले सय किलो सुन घटाएर ६१ किलोमा झारेको आरोपसमेत लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved