६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता

नेपालभ्युज

६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो ।

यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।

प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved