काठमाडौं। गैरीगाउँमा शनिबार बिहान चार जनाको सामूहिक हत्या गरिएको घटनामा थप एक जना पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो। उनी घटनास्थलबाट भक्तपुर जान लागेको दृश्य सडकको सीसीटीभीमा देखिएको थियो।
चार जनाको हत्या भएको काठमिल नेताको, करोडौंको कारोबार हुने ठाउँमा किन थिएन सीसीटीभी ?
हिजो बिहान घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राई पक्राउ परेका थिए। आज अर्को दोस्रो व्यक्ति पक्राउ परेको प्रहरी स्रोतले बतायो। हिजोको व्यक्ति घटनामा संलग्न नभएको हुनसक्ने र सूचना दिन मात्र गएको हुनसक्ने बताइएको छ।
गोकर्णमा श्राद्ध गर्न काठमाडौं आएकी थिइन् सुभद्रा, घर जानुअघि राति नै मारिइन्
गैह्रीगाउँ हत्या प्रकरण : चार जनाको हत्या भएपछि यस्तो देखियो घटनास्थल
Facebook Comment
Comment