बागमती प्रादेशिक क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबीच सम्झौता

नेपालभ्युज

बागमती प्रादेशिक क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबीच सम्झौता

काठमाडौं। बागमती प्रादेशिक क्रिकेट संघ र काठमाडौं महानगरपालिकाले ग्रास रुट क्रिकेटमा सुधार ल्याउनको लागि ‘काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम’ को आयोजना गर्ने भएको छ।

शुक्रबार बागमती प्रदेश संघका अध्यक्ष पारस खड्का र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

संघले असोज १६ देखि २० गतेसम्म प्रशिक्षक विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रशिक्षणमा सहभागी भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको लेभल जिरो प्रमाणपत्र समेत दिइने संघले जनाएको छ।

अध्यक्ष खड्काले ग्रासरुट क्रिकेट स्तरमा क्रिकेट प्रशिक्षक तथा प्रशिक्षार्थीको अनुपात निकै न्यून रहेको अवस्थालाई सम्बोधन गर्दै कार्यक्रम ल्याएको जानकारी गराए। खड्काले संघको नेतृत्व सम्हाले लगत्तै प्राविधिक जनशक्तिको उत्पादन कार्यक्रम आयोजन गर्न क्रिकेट विकासको लागि कार्य गरेका छन्।

कार्यक्रमअन्तर्गत ५० विद्यालय स्तरका क्रिकेट प्रशिक्षकहरुलाई तालिम दिई सहर भरका इच्छुक क्रिकेट खेलाडीहरुलाई क्रिकेटको ज्ञान र सीपहरु फैलाउन सहयोग गरी एक कोशेढुङ्गा बन्न सक्ने विश्वास गरिएको छ।साथै, कार्यक्रमपश्चात ग्रासरुट स्तरदेखि सम्भावना बोकेका क्रिकेट खेलाडीहरुको संख्या बढाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लागि तल्लो स्तरबाटै क्षमता अभिवृद्धि गर्ने विश्वास गरएको छ।

कार्यक्रम  अन्तर्गत महानगरपालिकाले संघको प्राविधिक सहयोगमा केहि विद्यालय तथा वडाहरुमा क्रिकेट नेट राख्ने व्यवस्था पनि गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved