नेपालभ्यूज कन्क्लेभ :

प्रधानमन्त्री प्रचण्डको आग्रह – राम्रो गर्न खोज्नेको खुट्टा नतानौँ, आशावादी बनौँ

प्रधानमन्त्री प्रचण्डले आफूले जनताको गुनासो सुन्ने प्रभावकारी माध्यम हेलो सरकार ल्याइएको र व्यवस्थापन पनि गरिएको बताए। अन्तयमा प्रधानमन्त्री प्रचण्डले राम्रो गर्न खोज्नेको खुट्टा नतान्न आग्रह गरे। सबैलाई उज्याले हेर्ने आशावादी बन्न आग्रह गरे।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डको आग्रह – राम्रो गर्न खोज्नेको खुट्टा नतानौँ, आशावादी बनौँ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसवर्ष बजेट निर्माणमा उच्च प्राथमिकतामा उत्पादन र रोजगारीको पाटोलाई राखेको बताएका छन्।

समृद्धि, सम्भावना र चुनौतीलगायतका बिषयमा काठमाडौंमा आयोजित ‘नेपालभ्युज कन्क्लेभ’मा प्रधानमन्त्री प्रचण्डले बजेट कार्यान्वयनमा भने आफैँ सन्तुष्ट नरहेको बताए।

‘नेपाल भ्यूजडटकम’ सञ्चालनको तेस्रो वर्ष पुगेको सन्दर्भमा सञ्चालक संस्था डिजिटल हाउस प्रालिको आयोजनामा भएको कन्क्लेभमा प्रधानमन्त्री प्रचण्डले बजेटमा निजी क्षेत्रको सुझाव नसमेटिएको भन्ने कुराको जवाफ दिँदै उनले पुँजी निर्माण र मौद्रिक नीतिमा धेरै छलफल गरेर मात्र निष्कर्षमा पुगिएको बताए।

वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्यका साथ अघि बढ्ने नीति लिएको र देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा रहेको उनले बताए।

अध्यक्ष ढकाल भन्छन्- निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा हुँदैन

उनले भने, ‘म प्रधानमन्त्री बन्दै गर्दा देशको अर्थतन्त्र डामाडोल थियो। तर अहिले धेरै सुधार आएको छ। तैपनि यत्तिले पुग्दैन। सुधारका पहल भइरहेको छ।’

कन्क्लेभमा प्रधानमन्त्री प्रचण्डले एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताएका छन्। कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने बताए।

देशको अर्थतन्त्र अप्ठेरोमा रहेका बेला निजी क्षेत्रका तर्फबाट मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान बनाइएको र यसले सकारात्मक सन्देश गएको प्रधानमन्त्रीले बताए।

कृषिको व्यावसायिकीकरणमा जोड दिएमा उत्पादन बढ्छ, रोजगारीको अवसर हुन्छ- अर्थशास्त्री खतिवडा

प्रधानमन्त्री प्रचण्डले आफूले जनताको गुनासो सुन्ने प्रभावकारी माध्यम हेलो सरकार ल्याइएको र व्यवस्थापन पनि गरिएको बताए। अन्तयमा प्रधानमन्त्री प्रचण्डले राम्रो गर्न खोज्नेको खुट्टा नतान्न आग्रह गरे। सबैलाई उज्याले हेर्ने आशावादी बन्न आग्रह गरे।

अर्थशास्त्री गौचन भन्छन् – युवा पलायनले देश वृद्धाश्रम बन्यो, अर्थतन्त्रलाई उत्पादनशील बनाइहालौँ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved