सुन तस्करी प्रकरणमा सीआईबीले गर्‍यो साढे तीन अर्ब रुपैयाँ विगो कायम

नेपालभ्युज

सुन तस्करी प्रकरणमा सीआईबीले गर्‍यो साढे तीन अर्ब रुपैयाँ विगो कायम

काठमाडौं । सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ ।

६० किलो सुन तस्करी प्रकरणको फाइल सरकारी वकिल कार्यालयलाई बुझाउनुअघि आयोजित पत्रकार सम्मेलनमा सीआईबीले यस्तो जानकारी दिएको हो ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।

सीआईबीले हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेको जानकारी दिँदै ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको हो । सीआईबीका अनुसार १४ विदेशी र ४ नेपाली फरार छन् ।

सीआईबीले थप ३०२ किलो सुन तस्करी भएको निष्कर्ष पनि निकालेको छ ।

सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार यो समूहले तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved