एसियाली खेलकुद : पुरुष क्रिकेटको खेल तालिका परिवर्तन

नेपालभ्युज

एसियाली खेलकुद : पुरुष क्रिकेटको खेल तालिका परिवर्तन
फाइल तस्वीर

काठमाडौं। एसियाली खेलकुदमा पुरुष क्रिकेटको खेल तालिका परिवर्तन गरिएको छ।

बहराइनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेल तालिका परिमार्जन गरिएको हो। यससँगै समूह चरणमा नेपालले माल्दिभ्स र मङ्गोलियासँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल समूह ‘ए’ मा रहेको छ। यसअघि भने नेपाल कम्बोडिया र जापान समिलित टोलीमा थियो।

नेपालले असोज १० गते मङ्गोलियासँग र १४ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा शीर्ष स्थानमा रहेको टोली क्वार्टरफाइनलमा पुग्नेछन्।

भारत, पाकिस्तान, श्रीलंका र बङ्गलादेशले भने क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन्। १६–१७ असोजसम्म क्वार्टरफाइनल खेल खेलाइनेछ। प्रतियोगिताको सेमिफाइनल १९ असोज र फाइनल भने २० असोजमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved