स्वर्गीय नेम्वाङको जीवनी : स्ववियु सभापतिदेखि संविधानसभा अध्यक्षसम्म

नेपालभ्युज

स्वर्गीय नेम्वाङको जीवनी : स्ववियु सभापतिदेखि संविधानसभा अध्यक्षसम्म

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ। काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयाघात भएपछि अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो

चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए। नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा चिनिन्छन् ।

विक्रम संवत् २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा नेम्वाङको जन्म भएको थियो ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुकातर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति भए । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा सङ्गठित सदस्य बनेका थिए ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित भए।

एमालेको सातौँ महाधिवेशनमा उनि केन्द्रीय सदस्य निर्वाचित भए। २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य र  २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बने ।

विक्रम संवत् २०४८ र २०५२ सालमा नेम्वाङ राष्ट्रिय सभाको अध्यक्ष रहे । २०५२ सालमै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका थिए । २०५६ सालको संसदीय चुनावमा इलामबाट विजयी नेम्वाङ फेरि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री बने । २०५७ सालमा उहाँ संसद्को सार्वजनिक लेखा समितिको सभापति थिए ।

२०६३ सालको अन्तरिम संसदमा उनि सभामुख चयन भए । यस्तै २०६४ र २०७०  सालको चुनावमा इलामबाटै निर्वाचित नेम्वाङ संविधानसभाको अध्यक्ष बने । २०७४ साल र २०७९ सालको आम चुनावमा नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेम्वाङको निधनप्रति नेकपा एमाले मात्र नभई सिँगै देश नै मर्माहत भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved