नेप्सेमा हरियाली छाएसँगै बढ्यो कारोबार रकम 

नेपालभ्युज

नेप्सेमा हरियाली छाएसँगै बढ्यो कारोबार रकम 
प्रतीकात्मक तस्वीर

काठमाडौँ । कारोबारको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । हिजो १० अंकले बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

सोमबार नेप्से परिसूचक ४४.३० अंक बढेर १९८६.९९ विन्दुमा पुगेको छ । त्यसै गरी, यस दिन सेन्सेटिभ इन्डेक्स ७.७३ अंक बढेको छ भने फ्लोट इन्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८० अंक बढेको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन १ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २७८ स्टकको ३७ हजार ७९९ पटकको कारोबारमा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको ४७ लाख ४२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved