गस्तीका प्रहरी कुटेपछि कांग्रेस सांसदले दिए डीएसपी र उनका परिवारै सिध्याइदिने धम्की (भिडिओ)

हाङगामविरुद्ध हत्या दुरुत्साहनको आरोपमा मुद्दा चलाउन माग

सामाजिक सञ्जालमा हाङगामको उक्त धम्कीपूर्ण भाषण भाइरल छ। उनलाई तत्काल कारबाही गर्नुपर्ने माग उठेको छ। सांसद  हाङगामविरुद्ध हत्या दुरुत्साहनको आरोपमा मुद्दा चलाउन जाहेरी दर्खास्त गर्नुपर्ने आवाज उठिरहँदा उनेको दल नेपाली कांग्रेस भने मौन छ।

नेपालभ्युज

गस्तीका प्रहरी कुटेपछि कांग्रेस सांसदले दिए डीएसपी र उनका परिवारै सिध्याइदिने धम्की (भिडिओ)

काठमाडौं। नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेन सिङ हाङगामले प्रहरीको सपरिवारलाई मार्ने धम्की दिएका छन्। ताप्लेजुङको फुङलिङमा शुक्रबार भएको कोण सभामा बोल्दै उनले ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका हुन्।

पदिय मर्यादा विपरीत उनले अराजक र हिंसात्मक अभिव्यक्ति दिएका हुन्। यत्तिसम्मकी उनले डीएसपीका बा–आमा, छोराछोरी सबैलाई पत्ता लगाएर मार्ने धम्की दिए।

कानुन बनाउने निकायमा रहेका सांसद हाङगामले सडकबाटै प्रहरी अधिकारीलाई ज्यान मार्ने धम्की दिएका हुन्। सांसद हाङगामले प्रहरी निरीक्षक सुजन मोदेलमाथि पनि लक्षित गरेर भाषण धम्की दिएका छन्।

सामाजिक सञ्जालमा हाङगामको उक्त धम्कीपूर्ण भाषण भाइरल छ। उनलाई तत्काल कारबाही गर्नुपर्ने माग उठेको छ। सांसद  हाङगामविरुद्ध हत्या दुरुत्साहनको आरोपमा मुद्दा चलाउन जाहेरी दर्खास्त गर्नुपर्ने आवाज उठिरहँदा उनेको दल नेपाली कांग्रेस भने मौन छ।

काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरबार आगो लगाउने चेतावनी दिँदा अराजक अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका कांग्रेसका नेताहरू प्रहरी र उनको परिवार सखाप पार्ने अभिव्यक्तिमा रक्षात्मक छन्।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार भएलगतै मसाल जुलुस निकालेको भातृसंगठन तरुण दल तथा नेपाल विद्यार्थी समेत यसबारे मौन छ।

यस सन्दर्भमा सामाजिक सञ्जालमा हाङगामको उक्त भाषणको क्लिप राखेर मानिसहरूले अराजक अभिव्यक्ति दिने सांसद हाङगामलाई कांग्रेस नेतृत्वले कारबाही गर्छ कि गर्दैन भनेर प्रश्न सोधिरहेका छन्।

भिडिओ-

हाङगामले भनेका थिए – बाँकी राख्दिन, याद गर

सांसद हाङगामले प्रहरीलाई बर्दी खोलेर राजनीतिमा आउन चेतावनी दिएका थिए। आफू मान्छे मार्न पनि नडराउने र मृत्युदेखि पनि नडराउने धम्की दिएका थिए।

आफूले ३० सेकेन्ड बाँकी नराख्ने भन्दै उनले भनेका थिए ‘‘तेरो (डिएसपी) बर्दी खोल्न पनि हामी तयार छौँ। अबको कुनै बेला पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार भयो भने कहाँ बस्छस्? के खान्छस्? कस्तो लुगा लाउँछस्? तेरो बा–आमा कहाँ छन्, छोराछोरी कहाँ छ? हामी पत्ता लगाएर मार्छौँ, पानीमुनि लुकोस् कि पानीमाथि। खबरदार ! सक्छस् भने यहीँ आइज। म लुगा खोल्न तयार छु, खेल्न आइज। पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर? खेल्न सक्छस् भने आइज। तँलाई बाँकी राख्दिनँ। याद गर।’’

ताप्लेजुङमा प्रदर्शनमा सहभागी भएका प्रदेश सभा सदस्य हाङगाम (खादामा)। जहाँ उनले प्रहरीलाई मार्ने धम्की दिएका थिए।

यस्तो थियो घटना

ताप्लेजुङ सदरमुकाम फुङलिङमा मिनी मेला लागेको थियो। त्यो ठाउँभन्दा पर केही मानिस होहल्ला गरिरहेका थिए। रातको १० बज्न लागिसकेको थियो। स्थानीयको अनुसार त्यहाँ प्रहरी पुगेर ‘यति रातिसम्म किन यहाँ बसिरहेको? घर जानुस्’ भन्दै सम्झाएका थिए।

यत्तिकैमा मादक पदार्थ सेवन गरेका केही मानिस त्यहाँ आइपुगे। एक प्रत्यक्षदर्शीका अनुसार मादक पदार्थ सेवन गरेर आएको टोलीमा प्रदेश सभा सांसद हाङगाम पनि थिए।

ती प्रत्यक्षदर्शीले भने, ‘‘टोलीले पनि होहल्ला गर्न थाल्यो। त्यसपछि प्रहरी टोलीले हल्ला नगरिदिन आग्रह गर्‍यो। तर, मदिरा खाएर आएका टोली प्रहरी टोलीसँग जाइलागे। घम्साघम्सी पनि भयो। घम्साघम्सीपछि सांसद हाङगामले अरू केटाहरू बोलाए। त्यसमा अर्को समूह पनि थपियो। प्रहरी थोरै थिए। उनीहरूले प्रहरीहरूलाई पनि कुटपिट गरे । उहाँ (सांसद) पनि प्रहरीलाई हात हाल्नुभएको थियो। पछि प्रहरीहरू कार्यालय फर्किए।’’

घटनाको भोलीपल्ट कांग्रेसका कार्यकर्ताहरूले शुक्रबार बिहानै फुङलिङ बजार बन्द गराए। सवारी साधन चल्न दिएनन्। कोणसभा गरेर सांसद हाङगामले डीएसपीलाई हत्या गर्ने धम्की दिए। घटनाबारे छलफल गर्न शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा बैठक राखिएको थियो।

पार्टीका सबै प्रतिनिधि गए पनि तर सांसद हाङगाम भने गएनन्। त्यो बेलामा सांसद हाङगाम कार्यकर्ता लिएर प्रहरी चौकी घेर्न गएका थिए।

प्रहरी चौकीको गेटमा ढुंगामुढा समेत गराएका थिए। प्रहरी कार्यालयको सिसा समेत फुटेपछि प्रहरीले हवाई फायर गर्नुपरेको थियो। घटनाबारे बुझ्न खोज्दा सांसद हाङगाम बोल्न चाहेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved